बैंक तोडफोड गरेको आरोपमा युवक पक्राउ
दाङ । बाँकेको नेपालजञ्जस्थित राष्ट्रिय बाणिज्य बैंक तोडफोड गरेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टीकापुर नगरपालिका–९ का २६ वर्षीय सन्जु विक रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनलाई बैंकमा प्रवेश गरी विभिन्न महत्वपूर्ण कागजात तथा दराज तोडफोड गरी भागेको अवस्थामा खुकुरीसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
