हत्या आरोपमा दुई जना पक्राउ
काठमाडौं । काठमाडौंको किर्तिपुरमा आफ्नै बुवाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ४५ वर्षका शंकर महर्जन र ४० वर्षीय कृष्ण कृष्ण महर्जन रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनीहरुले बिहिबार साँझ आफ्नै बुवा ६५ वर्षीय न्हुच्छे नारायण महर्जनलाई प्रेशर कुकर र लोहोरोले हिर्काएका थिए । छोराहरुको कुटपिटबाट गम्भिर घाइते भएका न्हुच्छे नारायणको उपचारको क्रममा गएराती वीर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । उक्त घटनाको विषयमा महानगरीय प्रहरी वृत कीर्तिपुरले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
