१ बजे प्रतिनिधिसभा बैठक बस्दै, एमसीसी बारे छलफल हुँदै
मकवानपुर । शुक्रबार दिउँसो १ बजे प्रतिनिधिसको बैठक बस्ने भएको छ । बैठकको कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले विहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आज टेबुल गर्ने जनाएको छ । तर सत्ता गठबन्धनमा एमसीसीबारे सहमति जुटेको छैन ।
सहमतिको प्रयासमा आज बिहान १० बजे गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ । हिजो बसेको गठबन्धनको बैठक निष्कर्षविहीन टुंगिएको थियो । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले एमसीसी संसद्मा टेबुल हुनुपूर्व संसद्को अवरोध हट्नुपर्ने सर्त राखेका छन् । नेकपा एमालेले लामो समयदेखि संसद् अवरुद्ध पार्दै आएको छ । उसले एमालेलेबाट कारवाहीमा परेका सांसद्हरुलाई सभामुखले सदर नगरेको भन्दै सभामुखको राजीनामा समेत माग गरिरहेको छ ।
