एमसीसीबारे निष्कर्ष निकाल्न सत्ता गठबन्धनको बैठक सुरु

तु खबर संवाददाता
२०७८ फाल्गुन ५, बिहीबार १७:५१

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ पाँचदलीय गठबन्धन सुरु भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे अन्मित निश्कर्ष निकाल्न गठबन्धनको बैठक बसेको जनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदनका लागि संसदमा पेश गर्नुपर्ने अडानका छन् । तर माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदको अवरोध कायम रहेको बेला एमसीसी टेबल गर्न नहुने बताएका छन् ।

सरकारले जबरजस्ती अघि बढ्न खोजे सरकार छाड्ने माओवादीको चेतावनी छ । नेकपा एकीकृत समाजवादी पार्टी पनि एमसीसी पास गर्न नहुनेमा जोड दिइरहेको छ । गठबन्धनको अर्को दल जसपाका नेता एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने एमसीसी पास गर्नुपर्ने धारणा व्यक्त गर्दै आइरहेका छन् ।