निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता

तु खबर संवाददाता
२०७८ फाल्गुन ५, बिहीबार १५:०१

काठमाडौं । निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएको छ । आयोगमा ‘सामाजिक एकता पार्टी’ नामक दल दर्ता भएको हो । सिबी गहतराजको अध्यक्षतामा गठन गरिएको सो पार्टीलाई आयोगले बिहिबार दल दर्ताको प्रमाणपत्र औपचारिक रुपमा दिएको हो ।

यही फागुन ३ गते बसेको निर्वाचन आयोगको बैठकले सो दल दर्ताको प्रमाणपत्र दिने निर्णय गरेको थियो । धर्म निरपेक्षताको पक्षधरताको रुपमा खडा भई संविधानको रक्षा गर्ने र मुलुकमा विद्यमान सबै खालको सामाजिक विभेदहरुको अन्त्यगरी मुलुकलाई समृद्ध बनाउन लागिपर्ने मुख्य उद्देश्यका साथ निर्वाचन आयोगमा पार्टी दर्ता गरिएको अध्यक्ष गहतराजले बताए ।