हेटौंडाबाट दुई भारतीय नागरिक पक्राउ

तु खबर संवाददाता
२०७८ फाल्गुन ४, बुधबार १७:३२

मकवानपुर । प्रहरीले हेटौंडाबाट लागूऔषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिंहार रक्सौल पुर्वी चम्पारण बस्ने ३० वर्षीय अरविन्द कुमार पाण्डे र २६ वर्षीय अमिता साह रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार, मंगलबार हेटौंडा–१५ रातोमाटे चेकपोष्ट सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेका ना १ ह ९४५० नम्वरको अटोलाई रोकी चेकजाँच गर्ने क्रममा अटो चालक पाण्डे र सवरा साहले लुकाई छिपाई ल्याएको १७३ बोतल लागुऔषध डायलेक्स डीसी फेला परेपछि निजहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई बुधबार जिल्ला अदालत मकवानपुरबाट १० दिनको म्याद थप गरी आवशयक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।