एमसीसीविरुद्ध प्रदर्शनमा उत्रिएका ९२ जना पक्राउ
काठमाडौं । सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) प्रस्ताव पारित गर्न लागेको भन्दै बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शनमा उत्रिएका ९२ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गरिएकाहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरीको कार्यालय, प्रहरी वृत सिंहदरबार र बानेश्वरमा राखिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार, उक्त प्रदर्शनमा झडप हुँदा ४ जना घाइते भएका छन् । जसमा १ जना प्रदर्शनकारी र ३ जना नेपाल प्रहरी रहेका छन् ।एमसीसीको विरोधमा बुधवार देशैभर नेकपा माओवादी केन्द्रका भातृसंगठन, राप्रपाको भातृ संगठन, नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियू र ५ साना कम्युनिष्ट पार्टीहरुले छुट्टाछुट्टै प्रदर्शन गरिरहेका छन् ।
