पछिल्लो २४ घण्टामा १६०० जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि हुनेको भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी रहेको छ । सो अवधिमा देशभर १ हजार ६०० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, सो अवधिमा देशभर ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ७५६ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो यस्तै, कोरोना संक्रमणबाट थप ३ जनाका मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित १८ हजार २५१ जना रहेका छन् ।
