प्रतिनिधिसभाको बैठक शोक प्रस्ताव पारित गरेर सकिने

तु खबर संवाददाता
२०७८ फाल्गुन ४, बुधबार १३:२४
file-photo

काठमाडौँ । प्रतिनिधिसभाको आज बस्ने बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूचि तय भएको छ । प्रतिनिधिसभाको बैठकअघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले यसअघि सार्वजनिक भएको सम्भावित कार्यसूचि अनुसार नै बैठक अघि बढाउन सुझाव दिएपछि आजको बैठकमा अन्य विषयमाथि छलफल नहुने भएको हो ।

बैठकमा कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले आजै एमसिसी टेबल गर्नुपर्ने बताएका थिए । बैठकमा सहभागी माओवादी केन्द्र र एकीकृत समाजवादीका प्रतिनिधिले एमसिसीजस्तो विषयमा सहमति नगरी टेबल गर्न नहुने बताएका थिए । बैठकमा जसपा र नेकपा एमाले भने अनुपस्थित रहेको थियो । संसद बैठकको आजको कार्यसूचीमा सभामुख अग्नि सापकोटाले केही शोक प्रस्तावहरू पेश गर्ने छन् । प्रतिपक्षी एमालेले भने आज पनि बैठक अवरूद्ध गर्ने जनाएको छ ।