गाँजासहित हेटौंडाका एक जना पक्राउ

तु खबर संवाददाता
२०७८ फाल्गुन ३, मंगलवार १७:४०

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बसामाडी बस्ने ३३ वर्षीय अशोक विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, उनलाई प्रहरी चौकी बसामाडीबाट खटिएको प्रहरी टोलीले २ किलो ८०० ग्राम गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका उनलाई मंगलबार जिल्ला अदालत मकवानपुरबाट ५ म्याद दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको छ ।