‘युरेनियम’ कारोबारमा संलग्न ६ जना पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौंको बौद्धबाट ‘युरेनियम’ कारोबारमा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले युरेनियम जस्तो देखिन ३ किलो धातुसहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपाली र भारतीय नागरिक रहेका छन् ।
उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । सो धातु युरेनियम हो की होइन भन्ने पुष्टि नभएको र परीक्षणको लागि प्रयोगशाला पठाउने कार्य भइरहेको जनाइएको छ । उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
