बुधबारको संसद बैठकमा एमसीसी टेबल गराउने कांग्रेसको निर्णय

तु खबर संवाददाता
२०७८ फाल्गुन ३, मंगलवार १४:३३

काठमाडौं । नेपाली कांग्रेसले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउने निर्णय गरेको छ । मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले बुधबारको प्रतिनिधिसभामा एमसीसी टेबल गराउने निर्णय गरेको एक सांसदले जानकारी दिए ।

उनका अनुसार, बैठकमा बोल्दै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पारित गर्नका लागि टेबल गराउने बताएका हुन् । यस्तै, देउवाल बैठकमा प्रधानन्यायाधीश विरुद्धको महाभियोग पास गर्नका लागि पनि छलफल र परामर्श अघि बढाइने बताए । संसद बैठक भोलि १ बजेका लागि बोलाइएको छ ।