खैरो हेरोइनसहित लोप्चन पक्राउ
२०७८ फाल्गुन ३, मंगलवार ०८:३५
बारा । बारा प्रहरीले लागूऔषध खैरो हेराइनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नम्वर ७ बस्ने ४१ वर्षीय मुन्ना लोप्चन रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले निजगढ नगरपालिका वडा नम्वर ८ स्थित पश्चिमराजमार्ग सडकखण्डबाट लागूऔषध खैरो हेरोइन ४ ग्रामसहित पक्राउ गरेको हो । गत माघ २९ गते उक्त सडकखण्डमा ना ६० प ८२४२ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा सो परिणामको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।
