कोरोना संक्रमितको भन्दा निको हुनेको संख्या बढी, एकैदिन १३१९ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप ७४७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ८ हजार ६९६ जनामा नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सोही अवधिमा २ हजार ३१९ जना संक्रमणमुक्र भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ९३ हजार ५४१ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख ३७ हजार ६७७ जना पुगेको छ । तीमध्ये हालसम्म ९ लाख ४० हजार ९०२ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ९०० जनाको मृत्यु भएको छ । हाल देशभर २० हजार ७३९ जना सक्रिय संक्रमित रहेका छन् ।
