प्रेस चौतारीको महाधिवेशन फागुन २७ र २८ गते
काठमाडौं । प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन यही फागुन २७ र २८ गते हुने भएको छ । प्रेस चौतारी नेपालको आइतबार काठमाडौंमा बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको छ ।
यसअघि गत माघ २२ गतेका लागि तोकिएको महाधिवेशन कोरोना भाइर (कोभिड–१९) महामारीको कारण स्थगित भएको थियो । चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको उक्त बैठकले प्रदेश अधिवेशन भने यही फागुन २१ गते गर्ने तय गरेको छ ।
