राप्रपा अध्यक्ष लिङ्देनले दिए कमल थापालाई बधाई
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापालाई बधाई दिएका छन् । अध्यक्ष लिङ्देनले राप्रपा नेपालको अध्यक्ष बनेकोमा थापालाई आगामी दिन सुखमय बनोस् भनि सामाजिक संजालमार्फत शुभकामना दिएका हुन् ।
लिङ्देनले सामाजिक संजालमार्फत भनेका छन्, ‘राप्रपाका पूर्व अध्यक्ष कमल थापा निर्वाचन आयोगमा लाक्पा तामाङ संस्थापक अध्यक्ष रहेको राप्रपा नेपालको अध्यक्ष हुनुभएकोमा हार्दिक बधाई ।’ पार्टीको गत निर्वाचनमा निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई हराएको भन्दै थापाले छानबिनको माग गर्दै आएका थिए । तर, सो मागको सुनुवाइ नभएपछि थापाले गत मंगलबार आफ्नो गृह जिल्ला मकवानपुरको हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी पार्टीबाट अलग भएको घोषण गरेका थिए ।
