अवैध सुनसहित चिनियाँ नागरिक पक्राउ

तु खबर संवाददाता
२०७८ फाल्गुन १, आईतवार १५:४५
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले त्रिभुवन विमानस्थलबाट अवैध सुनको गहनासहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले करिब पाँच किलो सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ३६ वर्षीय झाङ लि रहेका छन् ।

हिमालय एयरको उडानबाट काठमाडौं आएका उनलाई ४ हजार ८४० ग्राम सुनसहित शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अराईभल ट्रनेल गेट नजिक जाँच गर्ने क्रममा चार वटा पोकामा भित्री पोशाकभित्र लुकाई ल्याएको उक्त परिणामको सुन बरामद भएपनि निजलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।