२४ घण्टामा थपिए ८३६ संक्रमित, भए १८२६ डिस्चार्ज

तु खबर संवाददाता
२०७८ माघ २९, शनिबार १६:५३

काठमाडौं । नेपालमा थप ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ६ हजार ६५४ जनाको नमूना परीक्षण गर्दा ८३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा चार हजार २६० पीसीआर परीक्षणमा ४९१ जननना र दुई हजार ३९४ एन्टिजेन परीक्षणमा ३४५ जना गरी ८३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै, सोही अवधिमा १ हजार ८२६ जना संक्रमणमुक्त भई डिस्र्चाज भएका छन्  भने ४ जनाको मृत्यु भएको छ । हाल देशभर २६ हजार १०२ जना सक्रिय संक्रमित रहेका छन् ।