फागुन ११ मा राप्रपा केन्द्रीय कार्य समितिको बैठक बस्ने

तु खबर संवाददाता
२०७८ माघ २९, शनिबार १६:४३
file-photo

काठमाठौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य समितिको बैठक फागनु ११ गते बस्ने भएको छ । बैठक काठमाडौंमा बस्ने भएको हो । बैठकमा स्थानीय तहको निर्वाचनमा उमेदवार छनोट, उम्मेदवार उठाउनका लागि नामावली तयार गर्ने मापदण्डकाबारे विशेष छलफल हुने जनाइएको छ ।

जिल्ला कार्यसमिति र स्थानीय तहअन्तर्गत समितिका सिफारिसमा फागुन मसान्तभित्र उम्मेदवार छनोट गर्ने कार्ययोजना छ । बैठकमा पार्टीको नीति, विचार, सिद्धान्त र कार्य योजनाबारे आम जनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कार्यक्रम संचालन गर्ने र फागुन महिनालाई प्रशिक्षणको महिनाका रूपमा गतिविधि संचालन गरी पार्टीको सङ्गठन सुदृढीकरण गर्ने भएकाले केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण कसरी संचालन गर्ने भन्ने विषयमा पनि छलफल गरिनेछ ।