थप १,३६९ जनामा कोरोना संक्रमण

तु खबर संवाददाता
२०७८ माघ २७, बिहीबार १८:०६

काठमाडौं । नेपालमा थप १ हजार ३६९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन हजार एन्टिजेन परीक्षणमा ३५६ जना गरी एक हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपाल हालसम्म ११ लाख सात हजार ९८६ जना पुगेको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा दुई हजार २३८ कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै नौ लाख ३० हजार ६०७ जनामा कोरोना संक्रमणमुक्त भएका हुन् । यस्तै, कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २९ हजार ४ जना रहेको छ ।