बच्चा चोरेर भाग्दै गर्दा पक्राउ परे २ महिला
जनकपुरधाम । अर्काको बच्चा चोरेर भाग्दै गर्दा प्रहरीले धनुषाबाट २ जना महिलालाई पक्राउ गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर ६ बस्ने अमीर राइनका सात महिनाको छोरा अख्तर राइनलाई चोरी गरेर भाग्दै गर्दा उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
उनीहरूलाई जनकपुरधाम उपमहानगरपालिका १९ बेंगास्थित चौरीबाट पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेका महिलाहरुलाई सार्वजनिक गर्ने तथा घटनाबारे विस्तृत जानकारी दिने उद्देश्यले प्रहरीले केही बेरमा नै पत्रकार सम्मेलनको आयोजना गरेको छ । उनीहरुले के प्रयोजनको लागि बच्चा चोरी गरेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी स्रोतले बताएको छ ।
