राजनीतिक नियुक्ति खारेज गर्ने बागमती प्रदेश सरकारको निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारले विगतका सरकारले गरेको राजनीतिक नियुक्तिहरु एक साताभित्रै खारेज गर्ने निर्णय गरेको छ । बागमती प्रदेशको बुधबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।
प्रवक्ता खनालले प्रक्रियागत विषय नटुङग्याउदा कानुनी समस्या हुने अदालती प्रक्रिया झेल्नु पर्ने भएकाले आगामी साताभित्रै विगतका सरकारले गरेका राजनीतिक नियुक्तिहरु खारेज गर्ने बताए । नियुक्तहरु खारेज गर्नका लागि आवश्यक टिप्पणी उठाउनुपर्ने भएकोले त्यसतर्फ काम गर्न पनि सम्बन्धीत निकायलाई निर्देशन दिइसकेको उनको भनाई छ । उनले विगतका सरकारले मन्त्रिपरिषद्बाट गरेका नियुक्तिहरु खारेज गर्न टिप्पणी उठाएर बैठकमा पेश गर्न र अन्य तहबाट भएका नियुक्तिहरुलाई पनि प्रक्रिया पुरा गरी टिप्पणी तयार गरि खारेज गर्ने बताए ।
