१६ अंकले घट्यो नेप्से, ६ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन १५ अंकले बढेको शेयर बजार आज १६.३० अंकले घटेको हो । उतारचढावकाबीच नेप्से आज शुन्य दशमलव ५७ प्रतिशतले घट्न पुगि २८३५.४८ विन्दुमा कायम भएको छ ।
नेप्सेमा सूचीकृत २३० कम्पनीको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा रहेको १३ उपसूचकमध्ये आज ५ समूह बाहेकका सबै समूह राताम्य भएका छन् । आज सर्वाधिक कारोबार हुने कम्पनीमा अरुण भ्याली हाइड्रोपावर रहेको छ । कम्पनीको आज एकैदिन ३५ करोड ८५ लाख १२ हजार ४३२ रुपैयाँको कारोबार भएको हो । साथै सर्वाधिक कमाउने कम्पनीमा नेपाल इन्स्योरेन्स रहेको छ । सो कम्पनीको आज ३.८३ प्रतिशतले बढेको छ ।
