लागूऔषधसहित एक जना पक्राउ
काठमाडौं । काठमाडौंको नागढुंगास्थित चेकप्वाइन्टबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर–७ घर भएका ४६ वर्षीय शिव चरण दास रहेका छन् ।
बुधबार धरानबाट काठमाडौं आउँदै गरेको ना ७ ख ३२५५ नम्वरको बस चेकजाँच गर्दा सो बसमा सवार दासले लुकाईछिपाइ ल्याएको ३४० एम्पुल डाइजेपाम, सोही परिमाणको नुर्फिन र फेनारगन बरामद भएपछि निजलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई लागूऔषध नियन्त्रण ऐन–२०३३ अनुसारको कसुरमा थानकोट प्रहरीले अनुसन्धान गरिरहेको छ ।
