पेट्रोलिय पदार्थको मृल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन
धनगढी। धनगढीमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाइएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र युवा संघ नेपाल कैलालीले पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको हो ।
साथै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडिसमेत नाराबाजी समेत गरेका छन् । मोटरसाइकल र स्कुटर डोर्र्याएर धनगढी बजार क्षेत्रमा सरकारविरुद्ध नाराबाजीसहित प्रर्दशनमा उत्रिएका हुन् । सरकारले मंगलबारदेखि इन्धनमा गरेको मूल्य वृद्धि तत्काल फिर्ता नलिए कडा आन्दोलन गर्ने उनीहरुले चेतावनीसमेत दिएका छन्।
