बागमती प्रदेशसभाको चौथो वार्षिक उत्सवमा प्रदेश प्रमुख शर्माको सम्बोधनको पूर्णपाठ

तु खबर संवाददाता
२०७८ माघ १८, मंगलवार १२:३१

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले संघीयतालाई थप सुदृढ बनाउँदै आम नागरिकसमक्ष यसको औचित्य, सान्दर्भीकता र गरिमालाई बढाउन बागमती प्रदेशसभाको भूमिका महत्वपूर्ण भएको बताएका छन् । आज हेटौंडामा प्रदेशसभाको चौथो वार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले प्रदेशसभा स्थापनादेखि हालसम्म ६१ वटा विधेयक पारित हुनुको साथै थुप्रै महत्वपूर्ण निर्णयहरु भएको बताए ।

उनले प्रदेशको सामान्य प्रशासन, सुशासन र शान्ति सुरक्षालाई व्यवस्थित एवं विश्व्सनीय बनाउने जनशक्तीलाई क्लान्त मनस्थिती, कुण्ठीत इच्छाशक्ति र थकित खुट्टाहरु लिएर दण्डित भएको महसुस हुने गरी प्रदेश प्रशासनमा खटाइएको बताए । ‘उनीहरुको मानसिक स्थितीलाई जीवन्त बनाउन, कुण्ठीत इच्छाशक्तिलाई पुनर्सशक्तिकृत गर्न र थकित खुट्टाहरुलाई दृढ तथा सशक्त गराउन आवश्यक आधार तयार गर्ने जिम्मेवारी पनि यही प्रदेशसभाको नै हो । यसबाट मात्र नेपाली जनताले चाहेको संघीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरण, न्याय, समानता र मानव अधिकारको सुदृढिकरण हुनेछ । ’ उनले भने ।

उनले प्रदेश सभाले आगामी दिनहरुमा पनि आफ्नो कार्य प्रणालीलाई व्यवस्थित गरी प्रदेशका महत्वपूर्ण विषयहरुमा विधि निर्माणगरी प्रदेशको समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरे ।उनले प्रदेशस्तरका जनताको जनजिविकाको सवालहरुलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा सरकारले नियमित छलफल गरी समुचित योजना तर्जुमा गर्नु अत्यावश्क रहेको बताए ।

हेर्नुहोस् प्रदेश प्रमुख शर्माले गरेको सम्बोधनको पूर्णपाठ

यस सभाका सभा अध्यक्ष माननीय सभामुखज्यू
– बिषेश अतिथी माननीय मुख्यमन्त्रीज्यू
– माननीय मन्त्रीज्यूहरु
– प्रदेश सभाका माननीय विपक्षी दलका नेताज्यू
– माननीय उप सभामुखज्यू
– माननीय राज्यमन्त्रीज्यूहरु
– प्रदेश सभामा सत्ता पक्षको माननीय मुख्य सचेतकज्यू
– प्रदेश सभामा विपक्षी दलको माननीय प्रमुख सचेतकज्यू
– प्रदेश सभाका माननीय सचेतकज्यू
– प्रदेश सभाका विभिन्न समितिका माननीय सभापतिज्यूहरु
– प्रदेश सभाका माननीय सदस्यज्यूहरु
– राष्ट्रसेवक कर्मचारीहरु
– विभिन्न मिडीयाबाट प्रतिनिधित्व गर्नुभएका पत्रकार मित्रहरु
– अन्य सहभागी विशिष्ट महानुभावहरु

– नेपालको संविधानको धारा १७५ मा व्यवस्था गरे बमोजिम गठन भएका प्रदेश सभाहरु मध्य बागमती प्रदेश सभाले पनि आफ्नो ४ वर्ष पुरा गरेको छ । यस अवसरमा आयोजित कार्यक्रममा मलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गर्नुभएकोमा माननीय सभामुख लगायत आयोजक मित्रहरुप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।

– २०७४ साल माघ १८ गते यस गरिमामय प्रदेश सभाको पहिलो अधिवेशन बसेदेखि आजको वार्षिक उत्सव मनाइरहँदासम्म प्रदेशसभाबाट ६१ वटा बिधेयकहरु पारित हुनुका साथै महत्वपूर्ण निर्णयहरु गरेकोमा प्रदेश सभालाइ हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

– संघीयतालाई थप सुदृढ बनाउँदै आम नागरिकको बिचमा यसको ‍औचित्य, सान्दर्भिकता र गरिमालाई बढाउनको लागि प्रदेश सभाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने नै छ । वर्तमान अवस्थाको विश्लेषण गर्दा हामीहरु ईतिहासप्रति गौरवबोध गर्न नसकिरहेको देखिन्छ, त्यसैगरी वर्तमानप्रतिको आस्था र विश्वारस कमजोर हुँदै आएको स्थिति र विगत र वर्तमानको समन्वयात्मक विश्लेषणको अभाव देखिएकाले भविष्यप्रतिको अन्यौल अझ घनिभूत भईरहेको छ । यो अवस्थामा प्रदेश सरकारको अत्यन्त महत्वपूर्ण अंगको रुपमा रहेको प्रशासनिक क्षेत्र अझ दयनीय अवस्थामा गुज्रिरहेको दृष्टिगोचर हुन्छ । प्रदेशको सामान्य प्रशासन, सुशासन र शान्ति सुरक्षालाई व्यवस्थित एवं विश्व्सनीय बनाउने जनशक्तीलाई क्लान्त मनस्थिती, कुण्ठीत ईच्छाशक्ति र थकित खुट्टाहरु लिएर दण्डित भएको महसुस हुने गरी प्रदेश प्रशासनमा खटाइएको छ । उनीहरुको मानसिक स्थितीलाई जीवन्त बनाउन, कुण्ठीत इच्छाशक्तिलाई पुनर्सशक्तिकृत गर्न र थकित खुट्टाहरुलाई दृढ तथा सशक्त गराउन आवश्यक आधार तयार गर्ने जिम्मेवारी पनि यही प्रदेश सभाको नै हो । यसबाट मात्र नेपाली जनताले चाहेको संघीय लोकतान्त्रिक गणतन्त्रको सबलीकरण, न्याय, समानता र मानव अधिकारको सुदृढिकरण हुनेछ भन्नेर मलाई विश्वािस छ ।

– प्रदेश सभाले आगामी दिनहरुमा पनि आफ्नो कार्य प्रणालीलाई व्यवस्थित गरी प्रदेशका महत्वपूर्ण विषयहरुमा विधि निर्माणगरी प्रदेशको समृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्नेरमा म विश्ववस्त छु ।

– प्रदेशस्तरका जनताको जनजिविकाको सवालहरुलाई कसरी सम्बोधन गर्ने भन्नेक विषयमा सरकारले नियमित छलफल गरी समुचित योजना तर्जुमा गर्नु अत्यावश्क छ ।

– प्रदेश सरकारप्रति जनताको आकांक्षा र भरोसामा कुनै किसिमको कमी आउन दिनु हुँदैन । यस प्रकारका आकांक्षा र विश्वा सलाई व्यवहारमा मूर्त रुप दिनको लागि प्रदेश सरकारका नीति, कार्यक्रम बजेट लगायतका विषयमा जनताको हित र न्यायका पक्षमा केन्द्रीत रहन प्रदेश सभा सधैं सचेत र क्रियाशिल हुन आवश्यक छ।
– विकासका संभावना र अवसरहरुको यथेष्टव उपयोग गरी प्रदेश भित्रको आर्थिक, सामाजिक एवम् शैक्षिक उत्थानका लागि आवश्यक कानूनी एवम् कार्यक्रमगतः आधारहरु मजबुत गराई राख्नव यो संसद माननीय सभामुख मार्फत दृढ संकलपित हुनेछ भन्नो विश्वासस गरेको छु ।

– अन्तमा, बागमती प्रदेश सभाप्रति जनताको भरोसा थप बृद्धि हुने गरी कार्य सम्पादन गर्न सक्नुहोस भन्ने शुभकामना ब्यक्त गर्दछु।

– धन्यवाद।