थप ५२९२ जनामा कोरोना संक्रमण

तु खबर संवाददाता
२०७८ माघ १७, सोमबार १७:३२
filr-photo

काठमाडौं । नेपालमा थप ५ हजार २९२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा देशभरका ८ हजार १९१ जना संक्रमणमुक्त भएका छन् भने ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८२ हजार ६६८ पुगेको छ । यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ७४३ पुगेको छ भने ८ लाख ६२ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभरमा ७९ हजार २७२ सक्रिय संक्रमित छन् । जसमध्ये ७७ हजार ६६५ जना होम आइसोलेसनमा र १ हजार ६०७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये २८८ जना आईसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत् छन् ।