हेटौंडाका दुई जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले वन मुद्दामा फरार हेटौंडाका दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ बस्ने ५० वर्षीय अमृत स्याङ्तान र ५२ वर्षीय सुके राय लो भने दिपक लो रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला अदालत मकवानपुरको मिति २०७३ भदौं १४ गतेको फैसालाले वन मुद्दामा जरीवाना भुक्तान गर्न बाँकी भइ फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार हेटौंडा–१५ बाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई जरीवाना भुक्तानको लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
