आज नेप्से परिसूचक १०५ अंकले वृद्धि
काठमाडौं । आज साताको पहिलो दिन आइतबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक ३ दशमलव ८० प्रतिशतले वृद्धि भएर २ हजार ८८५ दशमलव ५३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २३१ कम्पनीको १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३८ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, आज नेप्सेमा एक सय अंक माथिको वृद्धि हुँदा पाँच कम्पनीको शेयरमा सर्किट लागेको छ । आज विन नेपाल लघुवित्त, लिबर्टी इर्नजी, शिव श्री हाइड्रोपावर, नेपाल इन्फ्रास्ट्रचर बैंक र बुद्ध भुमि नेपाल हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो । आज सर्वाधिक कारोबार हुनेमा अपि पावर कम्पनी रहेको छ भने सर्वाधिक गुमाउने कम्पनीमा मञ्जु श्री फाइनान्सको डिबेञ्चर रहेको छ ।
