माओवादीबाट निर्वाचित वडाध्यक्ष नेपाली कांग्रेसमा प्रवेश
रौतहट । रौतहटको फतुवा बिजयपुर वडा नम्वर ६ का वडा अध्यक्ष नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । माओवादी पार्टीबाट निर्वाचित वडाध्यक्ष हीरालाल यादव पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् ।
वडा अध्यक्ष यादवलाई कांग्रेस फतुवा विजयपुर नगर कमिटीद्वारा आयोजित पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि कांग्रेस मधेस प्रदेश सभापति कृष्णा यादवले टिका र माला लगाई पार्टीमा स्वागत गरेका थिए । वडाध्यक्ष यादवसँगै उनका समर्थहरु पनि कांग्रेस प्रवेश गरेका थिए । पहिले जनयुद्धको नाउँमा र अहिले विभिन्न भ्रम तथा आश्वासन बाँडेर माओवादीले मधेसी समुदायलाई ठग्ने मात्र काम गरेकाले पार्टी परित्याग गरेको वडाध्यक्ष यादवले बताए ।
