फेसबुकमार्फत महिलालाई धम्की दिने खनाल पक्राउ
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनअन्तर्गत फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की रुपा गाउँपालिका–७ सिस्नेरी बस्ने ३१ वर्षीय मुक्ति खनाल रहेको प्रहरीले जनाएको छ ।
उनलाई वैदेशिक रोजगारबाट फर्कने क्रममा शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । उनले वैदेशिक रोजगारीमा रहँदा फेसबुकमा महिलालाई साथी बनाई उनको नग्न तस्वीर सार्वजनिक गरिदिने धम्की दिएको प्रहरीको भनाइ छ ।पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।
