आज नेप्से सामान्य अंकले सुधार
काठमाडौं । आज साता कारोबारको अन्तिम दिन नेप्सेमा सामान्य सुधार देखिएको छ । केहीदिनदेखि लगातार गिरावट आएको शेयर बजारमा आज झिनो अंकले सुधार आएको हो । आज नेप्से परिसूचक ३ दशमलव २९ अंकले शेयर बजार बढ्न पुगेको छ ।
नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६६ लाख ७५ हजार २३१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३४ करोड ३४ लाख १३ हजार ६८४ रुपैयाँको कारोबार भएको छ । नेप्से परिसूचक शुन्य दशमलव १२ प्रतिशतले बढेपनि २७७९.९३ विन्दुमा झरेको छ । आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीको आज एकैदिन २० करोड भन्दा माथिको कारोबार भएको हो । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ७ समूहमा हरियाली छाएको छ भने ६ समूह राताम्य भएका छन् ।
