थप १०३१९ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा थप १० हजार ३१९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २१ हजार २०१ जनाको पीसीआर एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाइको छ । मन्त्रालयका अनुसार, यससँगै देशभर सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ ।
यस्तै, सोही अवधिमा २ हजार ५४० जनामा कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६५९ पुगेको छ भने ८ लाख २४ हजार २३९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यसैबीच पछिल्लो २४ घण्टामा १ लाख १९ हजार ३७१ जनाले खोप लगाएका छन् ।
