एक युवती मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७८ माघ १०, सोमबार १५:१८
सांकेतिक तस्वीर

डोटी । डोटीमा एक युवती मृत अवस्थामा फेला परेकी छिन् । जिल्लाको केआई सिंह गाउँपालिका–६ की २० वर्षीया हरिना भाट स्थानीय रोक्टान खोला नजिकै मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । आइतबार बिहान करीब ९ बजेतिर अमला टिप्न भनी जङ्गलतिर गएकी हरिना साँझसम्म पनि घर नफर्किएपछि खोजी गर्न जाँदा साँझ साढे सात बजे शव फेला पारेको स्थानीयले बताएका छन् ।

एक महिना अगाडि मात्रै डडेल्धुराको परशुराम नगरपालिका एक व्यक्तिसँग भागेर विवाह गरेकी हरिना माइती घर आएको चार दिनमात्र भएको थियो । भाटले प्रयोग गरेको चप्पल र सल बाटो भेटिएको र शव बाटोभन्दा करीब पाँच मिटर तल घोप्टे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।