मकवानपुरसहित १६ जिल्लामा कांग्रेसको अधिवेशन फेरी स्थगित

तु खबर संवाददाता
२०७८ माघ ७, शुक्रबार १५:४९

मकवानपुर । नेपाली कांग्रेसको १६ जिल्ला अधिवेशन फेरी स्थगित भएको छ । यसअघि राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी गर्नुपर्ने भन्दै स्थगित गरिएको जिल्ला अधिवेशन कोरोना महामारीका कारण अनिश्चितकालका लागि स्थगित भएकोे कांग्रेस निर्वाचन समितिले जनाएको छ ।

कांग्रेस निर्वाचन समितिका अनुसार, मकवानपुरसहित १६ जिल्लाको अधिवेशन कोरोनाका कारण हाललाई स्थगित गरिएको र अवस्था सामान्य बनेपछि नयाँ मिति तोकिने छ । अधिवेशन स्थगित भएको जिल्लाहरुमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम रहेका छन् । यसअघि पुस २७ गतेका लागि तोकिएको कांग्रेस मकवानपुरको अधिवेशन राष्ट्रियसभाको निर्वाचनलाई मध्येनजर गर्दै यही माघ १५ गते गर्ने निर्णय गरेको थियो ।