काठमाडौँ उपत्यकामा आज रातिदेखि जोर विजोर प्रणाली लागू

तु खबर संवाददाता
२०७८ माघ ७, शुक्रबार ०८:३४

काठमाडौँ । काठमाडौं उपत्यकामा आज मध्यरातिदेखि निजी तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू हुने भएको छ । भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निजी तथा सार्वजनिक सवारी साधानहरु जोर गते जोर र बिजोर गते विजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

सपिङ मल, डिपार्टमेन्ट स्टोर लगायतका पसल र पार्टी प्यालेजहरुमा एक पटकमा २० जनाभन्दा बढी प्रवेश दिन पाइने छैन भने खोप कार्ड अनिवार्य गराइएको छ । होटल तथा रेस्टुरेन्टहरुमा कुल क्षमताको आधालाई मात्र प्रवेश दिन पाइनेछ ।