मकवानपुरका घलान प्रहरीको फन्दामा

तु खबर संवाददाता
२०७८ माघ ५, बुधबार १४:४९

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मनहरी गाउँपालिका वडा नम्वर ९ बाट लागुऔषध गाँजा ४ किलोसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्वर ९ बस्ने ४९ वर्षीय रामबहादुर घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार, घलानलाई इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मंगलबार पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा घलानको घुम्ति पसलमा चेकजाँच गर्दा लुकाई छिपाई राखेको उक्त परिणामको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।