कांग्रेस महामन्त्री शर्मालाई कोरोना पुष्टि

तु खबर संवाददाता
२०७८ माघ ५, बुधबार १३:२७
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । महामन्त्री शर्माले बुधबार दिउँसो आफुलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उनले ८ महिनापछि फेरि स–परिवार कोरोना संक्रमित भएको सामाजिक संजालमार्फत जानकारी गराएका हुन् । महामन्त्री शर्माकी पत्नी, एक छोरी र छोरामा पनि कोरोना संक्रमण देखिएको छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मआलोचित छु ।’ लक्षणले ग्रस्तपछि मेडिसिटी अस्पतालमा पीसीआर गरिएकोमा आज सबैको रिपोर्ट पोजेटिभ आएको उनले बताए । चिकित्सक परामर्शमा तागतको औषधि र आइसोलेसनमा रहेको शर्माले बताए । उनले भेट र सम्पर्क असुविधाप्रति सबैसँग विनम्रतापूर्वक क्षमा मागेका छन् ।