आजको मौषमः हिमाली भू–भागमा वर्षा र हिमपातको संभावना

तु खबर संवाददाता
२०७८ माघ ४, मंगलवार ०८:५५
file-photo

काठमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान तराईका धेरै स्थानमा हुस्सु–कुहिरो रहेको छ । दिउँसो आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात पनि हुने जनाइएको छ । राति पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बुधबार देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ । राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।