थप ३५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सो अवधिमा २७१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गरिएको थियो ।
यससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ जना पुगेको छ । कूल संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ३४७ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ६१० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना रहेका छन् ।
