पछिल्लो २४ घण्टामा थप ११६७ जनामा संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७८ पुष २५, आईतवार १६:५५
filr-photo

काठमाडौं । नेपालमा थप ११ सय बढीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा १२ हजार ६३२ जनामा कोरोना परीक्षण हुँदा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ६१५ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंमा ४९१, ललितपुरमा ९९ र भक्तपुरमा २५ जना छन् । सोही अवधिमा २२४ जना संक्रमणमुक्त भएका छन् भने २ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ६ हजार ७५५ जना सक्रिय संक्रमित छन् ।