कमल थापाले स्थगित गरे राष्ट्रिय एकता अभियान

तु खबर संवाददाता
२०७८ पुष २५, आईतवार १६:४२
file-photo

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्वअध्यक्ष कमल थापाले राष्ट्रिय एकता अभियान स्थगित गरेका छन् । कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेपछि उनले २७ पुसबाट गर्न लागिएको अभियान स्थगित गरेको जानकारी दिएका हुन् ।

‘२७ पुसदेखि सुरु गर्न लागिएको ’राष्ट्रिय एकता अभियान’ केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार पदाधिकारी र सदस्यहरुबाट प्राप्त भएको तथा अहिले कोरोना महामारी तीव्र गतिमा बढ्न लागेको कारण समेत सो अभियान शुभारम्भ समारोह हाललाई स्थगित गर्ने निर्णय तयारी समितिको बैठकले गरेको छ’, थापाले सामाजिक सञ्जालमार्फत भनेका छन् । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि थापाले छुट्टै अभियान गर्न लागेका थिए ।