बाघको छालासहित चार जना पक्राउ
दाङ । दाङमा प्रहरीले बाघको छालासहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ का शंकर गिरी, उनकी श्रीमती झरना थापा, लमही नगरपालिका–१ नर्तिका गिरबहादुर बिश्वकर्मा र लमही नगरपालिका–२ बरुवा गाउँका आशाकुमार चौधरी रहेका छन् ।
प्रहरीले गोप्य सूचनाको आधारमा लमही नगरपालिका–३ टिकुलीगढबाट बाघको छालासहित उनीहरुलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनीहरुलाई बाघको छाला बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरेको हो । बरामद गरिएको बाघको छालासहित उनीहरूलाई डिभिजन वन कार्यालय देउखुरी दाङलाई बुझाउने तयारी भइरहेको छ ।
