थप ४७८ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७८ पुष २२, बिहीबार १७:३०
filr-photo

काठमाडौं । नेपालमा ४७८ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार २०९ परीक्षणमा ४७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा २७१ जना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ८ लाख १३ हजार ४४७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोभिड संक्रमणबाट १ जनाको मृत्यु भएको छ । कोरोनाबाट हालसम्म ११ हजार ६०२ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमित संख्या ५ हजार ४३१ जना छन् । २४ घण्टामा १ लाख २० हजार ६५३ जनाले खोप लगाएका मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।