नियन्त्रित लागूऔषधसहित २ जना पक्राउ

तु खबर संवाददाता
२०७८ पुष २०, मंगलवार १७:२३

काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट विभिन्न प्रकारका ७ सय ५० एम्पुल नियन्त्रित लागूऔषधसहित प्रहरीले मंगलबार बिहान २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा महागढीमाई नगरपालिका–१ घर भएका २७ वर्षीय कृष्ण यादव र सप्तरी सखुवा गाउँपालिका–४ घर भएका १९ वर्षीय दिपेश कुमार राम रहेका छन् ।

नागढुङ्गास्थित चेकप्वाइन्टमा खटिएको प्रहरीले जाँच गर्नेक्रममा कृष्णलाई १ सय ५० एम्पुल नुफिन, १ सय ५० एम्पुल डाईजेपाम र १ सय ५० एम्पुल फेनारगन सहित र दिपेशलाई १ सय एम्पुल नुफिन, १ सय एम्पुल डाईजेपाम र १ सय एम्पुल फेनारगनसहित फेला पारी पक्राउ गरेको हो । बाराबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश २–०३–००१ ख ३६२२ नम्बरको बसमा सवार कृष्ण र राजविराजबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१–००५–००१ ख ००६५ नम्बरको बसमा सवार दिपेशले लुकाई ल्याउँदै गरेको उक्त लागूऔषध फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।