कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

तु खबर संवाददाता
२०७८ पुष १९, सोमबार १०:०६

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (सोमबार) बस्दै छ । बैठक दिउँसो २ बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

१४ औं महाधिवेशनपछि कांग्रेसको नयाँ कार्यसमितिको यो दोस्रो बैठक हो । बैठकमा कोषाध्यक्ष मनोनित गर्ने, समसामयिक राजनीति, आसन्न राष्ट्रिय सभा निर्वाचन लगायत विषयमा छलफल हुनसक्ने नेताहरुले बताएका छन् । यसअघि कांग्रेस केन्द्रीय समितिको पहिलो बैठक शनिबार बसेको थियो ।