कांग्रेस सह–महामन्त्री डीना हेटौंडामा सम्मानित

तु खबर संवाददाता
२०७८ पुष १७, शनिबार ०९:२१

मकवानपुर । सन्त नेता कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र मकवानपुरले हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै नेपाली कांग्रेसको केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीनालाई सम्मान गरेको छ । नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ९८ औं जन्मजयन्ती र ४६ औं राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा आयोजित राष्ट्रिय मेलमिलापमा किसुनजीको अन्तरनिहित भूमिकामाथी विचार बहस तथा सम्मान कार्यक्रममा सह–महामन्त्री उपाध्यायलाई सम्मान गरिएको हो ।

कार्यक्रमकै अवसर पारेर नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिका निवर्तमान सभापति आनन्दराम पराजुली र नेपाली कांग्रेसका पुराना नेता अर्जुन थिङलाई पनि सम्मान गरिएको छ । स्मृति केन्द्रका अध्यक्ष विजेन्द्र अग्रवालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका  सह-महामन्त्री  डिनाकोे प्रमुख आतित्थ्यता रहेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति बिष्णुप्रसाद लामिछाने, नगरसभापति उत्सव इटेनी, केन्द्रका उपाध्यक्ष मन्जु खराल लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए । सन्त नेता कृष्णप्रसाद भट्टराई स्मृति केन्द्र हेटौंडा वडा नम्वर ९ का संयोजक छविरमण अर्यालको संयोजकत्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सदस्य माधव आचार्य, अम्रिता थापा, महिला संघ मकवानपुरकी अध्यक्ष लक्ष्मी श्रेष्ठ, प्रतिनिधि सभा क्षेत्र नम्बर १ का सचिव कविन सांगामीलगायत नेपाली कांग्रेस मकवानपुरका विभिन्न क्षेत्रका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।