हेटौंडाकी गोले मृत अवस्थामा फेला
काठमाडौं । मकवानपुरको हेटौंडामा घर भएकी ८० वर्षीया उखुमाया गोले मृत अवस्थामा फेला परेकी छन् । उनी बिहिबार भक्तपुरको मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको कम्पाउण्डमा मृत अवस्थामा फेला परेकी हुन् ।
काठमाडौँको जडीबुटीमा बस्दै आएका उनी मृत भेटिएको प्रहरी प्रधान कार्यालय्रले पुष्टि गरेको छ । यस्तै, प्रहरीले बिहिबार नै काठमाडौंको ललितपुर महानगरपालिका–१८ चोभारमा बन्दै गरेको नयाँ घरको भुइँतलामा एक जनाको शव फेला परेको जनाइएको छ । अन्दाजी ५०/५५ वर्षका देखिएका मृतकको पहिचान भएको छैन । दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
