चर्चित र्‍यापर लाउरे पक्राउ

तु खबर संवाददाता
२०७८ पुष १५, बिहीबार १४:४१

काठमाडौं । नेपालका चर्चित चर्चित लाउरे भनेर चिनिने आशिष राना मगरलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई पोखराको न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले जानकारी दिए ।

एसपी थापाका अनुसार, पोखरा घर भएका उनलाई लागुऔषध सेवन गरेको आरोपमा पक्राउ गरेको हो । उनी रियालिटी शो हिमालय रोडिजका निर्णायक समेत हुन् । उनीसँगै लागूऔषध कारोबार गर्ने समूह पनि पक्राउ परेको प्रहरीको भनाई छ ।