१५ मिनेटमै सकियो कांग्रेसको केन्द्रीय समिति बैठक

तु खबर संवाददाता
२०७८ पुष १०, शनिबार १५:००

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछिको पहिलो केन्द्रीय समितिको बैठक १५ मिनेमै सकिएको छ । पार्टी कार्यालय सानेपामा शनिबार बसेको बैठक १५ मिनेटमे सकिएको हो । बैठकमा सभापति देउवाले नवनिर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई बधाई र शुभकामना दिँदै पहिलो बैठकका सन्दर्भमा धारणा व्यक्त गरेका थिए ।

उनले भने, ‘आज क्रिसमस डे हो, सार्वजनिक विदाको दिन तर, हामीले बैठक राख्नै पर्ने भो । राष्ट्रियसभा चुनावका लागि १० गतेभित्रै दल दर्ता गरिसक्नुपर्ने थियो, आज हामीले बैठक राखेर भोलि पार्टीको दल दर्ताका लागि निवेदन दिन्छौ ।’

गत मंसिर २४ देखि २८ गतेसम्म काठमाडौंमा सम्पन्न सो महाधिवेशनले सभापतिमा देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका पदाधिकारीसहित १३५ जना केन्द्रित सदस्यहरु निर्वाचित गरेको थियो ।